राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनु पर्दैन ?



काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै महतोले अनुहार हेरेर राष्ट्र«घाती र राष्ट्रवादीको धारण नबनाउन आग्रह गरेका हुन् ।

प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सीमाको रक्षा गर्दे आएको भन्दै आफूहरुमाथि शंकाको दृष्टिले नहेर्न आग्रह गरे । राष्ट्रवादको सवालमा मधेसी जनतालाई पटक पटक अग्नि परीक्षा लिने गरिएको भन्दै महतोले आफूहरुको राष्ट्रवादप्रति औंलो उठाउने काम नगर्न चेतावनी दिए ।

उनले राष्ट्रघातीहरुको पर्दाफास गर्नुपर्ने र उनीहरुलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने बताए । उनले भने, ‘ एउटा कुरा देशवासी जान्न चाहन्छ अब फेरि यो देशमा राष्ट्रघाती हुने हो कि ? यो राष्ट्रघाती को को हो यो देशमा पहिचान गर्नुपर्यो । देश बेचुवाहरु को हो हो ? देश बेचुवाहरुको खोजी हुनुपर्यो । नेपाली जनताले त्यो पनि खोजिरहेको छ । कालापानी, लिपुलेक , लिम्पियाधुरा सहितको नेपालको नक्सा त थियो ५८ बर्ष पहिले । कुन देश बेचुवाले बेच्यो ? स्वेतपत्र खै जारी गरेको ? स्वेतपत्र जारी गर्नुपर्दैन ? टुँडिखेलमा राष्ट्रघातीलाई झुण्ड्याउनु पर्दैन ? ढाकछोप गर्ने ? २५ बर्ष अघि महाकाली सन्धि भएको थियो र यही संसदबाट पारित गराईएको थियो । त्यो महाकाली सन्धि कसरी भयो ? त्यसमै थियो नि कालापानी सन्धिमा लिपुलेक महाकाली र लिम्पियाधुराको । त्यो स्पष्ट भएको भए हाम्रो जमिन मिचिन्थ्यो र ? किन भएन ? यो संसदबाट पारित गराईएको थियो । कस्ले पारित गरायो ? कस्ले सम्झौता गर्यो ? म त सांसद थिईन । मैले त सुनेको छु । पार्टी पनि फोरेर पारित गराईयो । कस्तो राष्ट्रवादी काम गर्या हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै