पार्टीका केन्द्रीय सदस्य सुरेन्द यादवको सरकारले अपहरण गरेको समाजवादी पार्टीको आरोप



काठमाडौँ । समाजवादी पार्टीले आफ्ना सांसद अपहरणमा परेको बताएको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय सदस्य सुरेन्द यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले अपरहण गराएको समाजवादीले आरोप लगाएको छ । समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले आज साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगिएको जानकारी दिएका छन् ।

गत सोमबार सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नभई अरु कुनै पार्टी विभाजनका लागि अध्यादेश ल्याएको पार्टीका नेताहरुलाई बताउँदै आएका छन् । यदि यादवलाई पार्टी फुटाउनकै लागि अपहरणको शैलीमा ल्याइएको हो भने समाजवादी पार्टी विभाजनका लागि अध्यादेश ल्याएको पुष्टि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

हिमवत्खण्ड सम्मिलन किन ?

काठमाडौं । हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै

रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको