अन्तर्राष्ट्रिय समुदायको विश्वास नगुमाउनु सरकारलाई राप्रपा अध्यक्ष राणाको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले जानीजानी कोभिड–१९ संक्रमण सार्ने सराउने कार्यमा संलग्न व्यक्तिउपर सरकारले कस्तो कारवाही अगाडि बढाउँछ भनेर जिज्ञासा व्यक्त गरेका छन् ।

उदयपुरमा एकै ठाउँ १२ जना संक्रमित भेटिएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष राणाले शनिबार भने, ‘भारतबाट आएका संक्रमितहरू बन्दाबन्दीको नियम उल्लंघन गरेर गाउँठाउँ धार्मिक उपदेश दिँदै हिडेका रहेछन् । संक्रमण सर्ने जान्दाजान्दै गरिएको जोखिमपूर्ण कार्यबाट समुदायस्तरमा संत्रास र पिडा थपिएको छ । सरकार अब कसरी प्रस्तुत हुन्छ, प्रतिक्षाको विषय बनेको छ ।’

उदयपुरमा भारतीय नागरिकसहित १२ जना कोरोना संक्रमित भेटिएलगत्तै स्थानीय प्रशासनले शुक्रबार रातिबाट बस्तीलाई सुरक्षा घेरामा राखेको छ । तर, सुरक्षा घेराले मात्र समस्याको जड सम्बोधन नहुने अवस्था देखिन्छ ।

स्वास्थ्य उपकरण, औषधि आयात गर्ने सवालमा सरकार पटक–पटक असफल साबित भएको राणाको भनाइ छ । यस प्रकरणमा सरकारको कुटनीतिक असफलतासमेत गाँसिएको उनले बताए ।

‘अनियमितताको दुर्गन्धले अवरुद्ध खरिद प्रक्रिया अझै टुंगोमा पुगेको छैन । सरकारको तहमा खरिद गर्ने भनियो, तर तीनहप्ता बित्न लाग्दा पनि अभाव पूर्ति हुने आधार भएन । जे भए पनि सरकारले अन्तर्राष्ट्रिय विश्वास गुमाउनु भएन,’ उनले भने ।

सरकारले गर्नु पर्ने सामान्य कामको लागि पनि अदालत धाउनु पर्ने विकसित घटनाक्रमलाई लिएर राणाले चिन्ता प्रकट गरेका छन् ।

ट्वीट गर्दै उनले भने, ‘बन्दाबन्दीमा अलपत्र नागरिकको समस्या जस्तै मुलुकमा उत्पन्न हरेक समस्या सुल्झाउन र व्यवस्था मिलाउन सर्वोच्च अदालतकै ढोका घच्घचाउनु पर्ने बाध्यता हुने भए, कार्यकारिणी सरकारको औचित्य के ?’

राप्रपा अध्यक्ष राणाले महामारीको समयमा दुखकष्टमा परेका नेपालीहरूलाई सहयोग गर्न पार्टीका कार्यकतालाई निर्देशनसमेत दिएका छन् ।

‘कोभिड–१९ को प्रकोपमा अप्रत्यासित जोखिम र कष्टप्रद जीवन जीउनु परेको छ,’ उनले भने ।

‘यस चुनौतिको घडीमा देश–विदेश, गाउँ–सहर सबैतिर अप्ठ्यारोमा परेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई आफ्नो तर्फबाट आवश्यक साथ सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका आम कार्यकर्तापंक्तिलाई म आह्वान गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै