बाबुरामको प्रश्नः विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीलगायत कतिपय ठूला नेताले आफ्नो तलब कोरोना महामारी रोकथाममा लगाउने घोषणा राम्रो भएपनि विलासी रहनसहन कसरी चल्छ भन्ने पनि बताउँदा राम्रो हुने बताएका छन् ।

मंगलबार ट्वीट गर्दै भट्टराईले उनीहरुले विलासी रहनसहन र चुनावको खर्च करी चल्छ भन्ने कुरा पनि बताए राम्रो हुने बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, “प्रमलगायत कतिपय बढे नेताहरुले आफ्नो तलब–भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो । त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद–सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?”

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफूले तलब नलिने र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक बर्षको तलब नलिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका