बालकोटबाट बास्कोटाको गर्जनः सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ?



काठमाडौं । पूर्वमन्त्री गोकुल बास्कोटाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नभएको बताएका छन् । शुक्रबार ट्वीट गर्दै बास्कोटाले संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्।सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरना बिरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरत छन् । अनिसँगै स्वास्थ्यकर्मी,सेना,पुलिस,कर्मचारी र नागरिक युद्धमोर्चा मै । तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियो ?ठाडै खारेज गर ।’ ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटा पछिल्लो समय सामाजिक संजालमा सक्रिय हुन थालेका छन् ।

यसैबीच, सरकार बाहिर रहेका राजनीतिक दलले सबै दल सम्मिलित सर्वदलीय संयन्त्र गठनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्दै आएका छन् । तर प्रधानमन्त्रीले यसबारे केही बताएका छैनन् । संयन्त्र गठनका लागि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पहल गर्दै आएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन् । मिश्रले दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव पत्र बुझाउँदै संयन्त्र गठन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै