हिंसा त्याग्न विप्लव समूहलाई नेम्वाङको आग्रह



झापा । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् ।

झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै उनले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको भन्दै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताए ।

उनले भने, “आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईँहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।”

हतियार र हिंसाको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने अवसरको उपयोग गर्न उनले आग्रह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको