प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग

अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न नमिल्ने राष्ट्रपतिको जवाफ(पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति संस्थाबाट संविधान बमोजिम भएको काम कारबाही र

यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम

-१ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना -विद्युतीय सवारी करमा शतप्रतिशत छुट

सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैरजिम्मेवार बनेको विपक्षी गठबन्धनको आरोप

काठमाडौं । विपक्षी पाँच दलीय गठबन्धनले प्राकृतिक प्रोकोप पीडितलाई राहत वितरण गर्न र