हामीले उठाएका विषयमा राज्य अनुदार देखियो, आन्दोलन जारी राख्छौंः शिक्षक महासंघ



काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरु निर्णायक मोडमा आइपुगेको र आन्दोलन अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

उनले षड्यन्त्र र भ्रामक समाचारप्रति सचेत रहन समेत आग्रह गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले शिक्षकका माग सम्बोधन गर्न वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने, संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्ने, शिक्षकहरूसँग वार्ता जारी राख्ने र शिक्षकलाई सडक छाडेर विद्यालय फर्कन आह्वान गर्ने निर्णय गरेको थियो ।

तर महासंघले सरकारले विश्वसनीय आधार नबनाएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघ चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले आगामी आर्थिक वर्षका लागि ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब

बढेन सरकारी कर्मचारीको तलब, ५ हजार महंगी भत्ता

काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौँ । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको

औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिइने

काठमाडौं । सरकारले उद्योग दर्तादेखि बन्दको प्रक्रियाएउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने