२५ करोड बरामद प्रकरणः राजस्व अनुसन्धान विभागद्वारा दुईजनाविरुद्ध मुद्दा दायर



काठमाडौं । काठमाडौंको टोखाबाट गत चैत ४ गते बरामद भएको २५ करोड रुपैयाँ प्रकरणमा राजस्व अनुसन्धान विभागले दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले ट्रक चालक कुसाङ लामा र फरार नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा मंगलबार मुद्दा दायर गरेको हो ।

कुसाङ रकम बरामद भएको ट्रकका चालक हुन् भने पौडेल उक्त रकमका मालिक भएको बताइएको छ । पौडेल भने फरार नै छन् । चैत ४ गते टोखा–झोर सडकखण्डमा ना.७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) रोकेर खानतलासी गर्दा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा युरो १३ लाख ७५ हजार १ सय ५० (५००, २००, १०० र ५० दरका नोट) र अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० (१०० र ५० दरका नोट) बरामद भएको थियो ।

विभागले आरोपी कुसाङ लामाले पाँच वर्षअघि सुन चोरी पैठारी प्रकरणमा सजाय भुक्तान गरिसकेकाले उनले पुनः त्यही प्रकृतिको कसुर गरेको ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४४(२) अनुसार थप सजाय माग गरेको छ ।

त्यस्तै विभागले विदेशी विनिमय ऐनको दफा १७ अनुसार बरामद सम्पूर्ण विदेशी मुद्रा जफत गर्न र घटनामा प्रयोग भएको कन्टेनर ट्रक पनि जफत गर्न मागदाबी गरेको छ । फरार पौडेलको हकमा भने अदालतमार्फत कानूनबमोजिमको म्याद जारी गर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत–पाकिस्तान युद्धविराम गराएर ट्रम्पले आफूलाई गरे शान्ति स्थापकका रूपमा प्रस्तुत

बीबीसी । दक्षिण एशियाका दुई प्रतिद्वन्द्वी मुलुक भारत र पाकिस्तान पूर्णस्तरको सैन्य द्वन्द्वमा

जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

गाईघाट । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

४१ अर्ब लगानी गरेर यो नचल्ने विमानस्थल किन बनाइयो ?

भैरहवा (रूपन्देही)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

कावासोतीमा मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

मध्यविन्दु । नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।