तिनकुनेमा आगलागी र हत्या गरेजस्तो होइन जनयुद्धः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै १७ हजारको हत्यारा हो त भन्दै प्रश्न गरेका छन् ।

संक्रमणकालिन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक शनिबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा माओवादी हुन् भनेर आरोप लगाएका बताएका हुन् ।

उनले यो हत्या युद्धमा भएको बताए । उनले भने, ‘माओवादी मात्र १७ हजारको हत्यारा हो, आतंककारी हो भने विस्तृत शान्ति सम्झौता अन्तरिम संविधानको अंग बनेको कुरालाई हामी के भन्छौं त ? त्यो गलत हो त ? होइन । यसबारेमा पार्टीका नेताहरु किन बोल्दैनौं त ? सबैले यसबारेमा बोलेपो शान्ति प्रक्रियालाई टुंग्याउन सजिलो हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूलाई १७ हजारको हत्याराको आरोप लगाएपनि आफूले व्यक्तिगत रुपमा कसैलाई मार्नु त कहाँ, पिट्न समेत नपिटेको बताए । उनले युद्धमा सबैभन्दा बढी पीडित माओवादी र माओवादी नजिकका मान्छे भएका बताए ।

उनले भने, ‘संक्रमणकालिन न्याय पीडित केन्द्रित हुनपर्छ भनेका छौं । किन त्यसो भन्यौं भन्दा माओवादी र उनीहरुको नजिकका मान्छे बढी पीडित छन् ।’

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम राष्ट्रिय सहमतिमा टुंग्याउनुपर्ने बताए । उनले बहुमतका आधारमा टुंग्याउने कोसिस गरियो भने त्यसले दुर्घटना निम्तने भएकाले आफूले सहमतिमा जोड दिएको बताए ।

अध्यक्ष प्रचण्डले अब जनयुद्ध हुने सम्भावना नरहेको बताए । उनले भने,‘दुई चार जना उफ्रेर जनयुद्ध हुन सक्दैन । यसका लागि विचार, दर्शन, परिस्थिति र रणनीति सबै चाहिन्छ । धेरै चिज मिल्नुपर्छ । तिनकुनेमा आगलागी र हत्या गरेजस्तो होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए