पोखरामा २०औँ फेवा नव वर्ष महोत्सव सुरु



पोखरा । पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु भएको छ । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सवको शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।

यस प्रकारका मेला महोत्सवहरूले पोखराको पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुग्ने मेयर आचार्यले विश्वस व्यक्त गरे ।

महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । महोत्सवमा आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गरेका छन् ।

सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए ।

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ ।

लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछ । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत

त्रिशूली। नेपाली कांग्रेसका प्रवक्ता  डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न

जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौँ ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा

सांसद राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख रुपैयाँ

नागरिक आयोग गठन गर्नेलगायतका अन्य विकल्प अपनाउन बाध्य नपार्न प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको चेतावनी

काठमाडौं । ३९ वटा द्वन्द्वपीडित संघ–संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा