आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ



काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीका अमित साह, सुनसरीको धरानका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३५ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीइा अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

प्रहरीले उनीहरु चैत्र १५ गते तिनकुने क्षेत्रमा तोडफोड, आगजनी गरी गराई घरमा प्रवेश गरी नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरु गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरू गर्ने भएको

‘हामी नेताहरु अहङ्कारी र गैरजिम्मेवार भएका छौँ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत/साधनको

काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

राँझा । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी