वायु प्रदूषणमा काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा



काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ ।

आइक्यू एयरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा रहेको भारत दिल्लीको एक्युआई ३२३ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले किन चलायो ‘म झोले’ अभियान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन

कस्तो रह्यो पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनियाँ सरकारको तर्फबाट भएका सम्झदारीहरु

विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी

प्रदेश र स्थानीय तहलाई सरकारले पठायो ४ खर्ब १७ अर्ब बजेट, कुन पालिकालाई कति ?(सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब