रवि दाइ प्रधानमन्त्री बन्ने कुरा, खासमा के भएको थियो ?



डा.मुकुल ढकाल ।

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग गठबन्धन परिवर्तन गरि एमाले–रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, काङ्ग्रेस प्रतिपक्षमा बस्यो । काङ्ग्रेस प्रतिपक्षमा बसेपछि, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए । नेपाली काङ्ग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो ।

काङ्ग्रेसबाट त्यसरी प्रस्ताव आएपछि, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए । सरकार कसरी छोड्ने र काङ्ग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनु भएको थियो । तर मकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछि, मैले रवि दाइलाई संविधानका ‘धारा १००(२) – प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।’  अनुसार जान पर्ने हुन्छ र तत्कालिन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताए । त्यसरी प्रचण्डले ३० दिनमा आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेरबहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो । रास्वपाले तत्काल सरकार छाडे, काङ्ग्रेस–माओवादी गठबन्धन बन्न सक्ने र ७६(२) अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३) अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो ।

नेपाली राजनीतिमा धोकाधडी अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १–२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो । काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन । यसरी, रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछी बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ, यो त झुक्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछी काङ्ग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भए ।

यसर्थ, इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन । प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार छ । माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागी नेपालको संविधान पल्टाउन सक्नुहुन्छ । काङ्ग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्नसक्नु हुन्छ । डेमोक्रेटिक एलायन्समा पुग्ने संसदको अंकगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । यसर्थ जनतालाई भ्रममा पार्ने गरि हौवा नपिटौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न

एनआरएनको महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित

सरकारी कारोवारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौती : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

  काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा आगलागी