रवि लामिछानेको अन्तिम इच्छाबारे यसो भन्छन् सांसद हरि ढकाल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले रवि लामिछानेको इच्छाबारे बताएका छन् ।

चितवनमा शनिबार पार्टीको ‘जनयात्रा’ कार्यक्रलाई सम्बोधन गर्दै ढकालले भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दशदान र बैतर्नी गर्न मन भएको बताएका हुन् ।

उनले सभापति लामिछानेलाई गुन्डागर्दी शैलीमा प्रहरी परिचालन गरि पक्राउ गरिएको बताए । उनले भने, ‘जुन शैलीसँग अन्तिम इच्चा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ । यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ ।’

शुक्रबार रवि लामिछानेलाई पक्राउ गर्न मध्यराति बेडरुममा घुसेका प्रहरीले अन्तिम इच्छा सोधेको भन्दै चर्को विरोध भइहरेको छ । सोही सन्दर्भमा सांसद ढकालले यस्तो इच्छा भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले

सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु

डोटीमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु, आठ घाइते

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिरोका कारण अवरुद्ध भएको छ