चितवनमा रविलाई बोल्न नदिन नै सिंगो राज्य लागेको प्रमाणित भयोः उपसभापति वाग्ले



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय भएको बताएका छन् ।

चितवनमा शनिबार पार्टीको ‘जनयात्रा’ कार्यक्रलाई सम्बोधन गर्दैै वाग्लेले सभापति लामिछानेलाई दुनियाँकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो व्यवहार गरिएको बताएका हुन् ।

उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ।’

उनले चितवनमा बोल्छ भनेपछि त्यो रोक्नकै लागि यति गरिएको आरोप लगाए । उनले आज रवि लामिछानेसँग कुरा भएको उल्लेख गर्दै भने, ‘हिजो केके न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिन नै सिंगो राज्य लागेको भन्ने प्रमाणित भएको छ ।’

आज रास्वपा सभापति लामिछानेले चितवनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेश आएको केही घण्टामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई

धवलागिरि आरोहणको ६५ वर्ष पूरा

गण्डकी । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल

सेती र त्रिशूली नदीमा डुबेर तीनजना बेपत्ता

  काठमाडौं । सेती नदीमा नुहाउने क्रममा बेपत्ता बालकको खोजीकार्यको लागि विपद् व्यवस्थापन