त्रिचन्द्रको स्ववियु अध्यक्षमा बागीलाई पराजित गर्दै नेविसंघका कोइराला निर्वाचित



काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघको प्यानलै निर्वाचित भएको छ । बिहीबार बिहान सकिएको मत गणनाअनुसार त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

नेविसंघकै बागी उम्मेदवार सागर न्यौपानेलाई पराजित गर्दै कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले १ हजार २ सय १५ मत पाउँदा न्यौपानेले ६८३ मत पाएका छन् ।

तेस्रो भएका अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत पाए । यसैगरी, सचिवमा नेविसंघकै आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

चितुवा आतङ्कले मेचीनगरवासी त्रसित

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न

‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा विद्युत अवरुद्ध भएपछि चिकित्सकले ‘लाइट’ बालेर जोगाए बिरामीको ज्यान

वीरगञ्ज । अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।