जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु



काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ रहेको प्रहरीले जनाएको छ ।

आज साँझ करिब साढे पाँच बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्दार गरिएकोमा उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङसमेतको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई

धवलागिरि आरोहणको ६५ वर्ष पूरा

गण्डकी । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं । उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल

सेती र त्रिशूली नदीमा डुबेर तीनजना बेपत्ता

  काठमाडौं । सेती नदीमा नुहाउने क्रममा बेपत्ता बालकको खोजीकार्यको लागि विपद् व्यवस्थापन