आगजनी र तोडफोडमा संलग्न थप ७ जना पक्राउ



काठमाडौं । गत शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा आगजनी, तोडफोड गरेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।

विरुद्धको कसुर, आपराधिक उपद्रव लगायतका अपराध गरेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर, झापाको गौरादह नगरपालिका–१, गौरादह घर भएका २१ वर्षीय समीर मगर, रामेछापको सुनापाति गाउँपालिका–१ घर भएका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङको फुङलिङ नगरपालिका–३ घर भएका २३ वर्षीय सुशील बराल, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भएका २७ वर्षीय रमेश राई, अछामको पञ्चदेवल नगरपालिका २० वर्षीय गोकर्ण शाही र संखुवासभाको पाँचखपन नगरपालिका–२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३९ वर्षीय मुकुन्द दाहाल रहेका छन् ।

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिले वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने

वार्ताबाट शिक्षक आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सरकारले शिक्षकहरुका माग वार्ताका माध्यमबाट समाधान गर्ने भएको छ । सोमबार

सर्लाहीको धनकौल-६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक