दुर्गा प्रसाईंलाई किन कार्यक्रमस्थलबाट पक्राउ गरिएन ? यस्तो छ प्रहरीको जवाफ



काठमाडौं । प्रहरीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डीआईजी दिनेश आचार्यले भिड नियन्त्रणमा लिन गोली चलाउनु परेको बताएका हुन् ।

उनले भिड उत्तेजित भएपछि दिउँसो २ः५४ बजे गोली चलाएको बताए । प्रवक्ता आचार्यले विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको बताए । भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजु दिनेशमाथि परेको बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले ठूलो भिड भएकाले दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न नसकिएको बताए । उनले भने, ‘ठूलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव भएन ।’ उनले प्रसाईंको खोजी कार्य जारी रहेको र केही दिनमै सफलता पाउने विश्वासमा आफूहरू रहेको बताए ।

उनले घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको र ५८ राउन्ड गोली प्रहार गरेको जानकारी दिए । त्यस्तै ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ । कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल

अन्तरदेशीय प्रसारण लाइन निर्माण कम्पनी स्थापनाका लागि सम्झौताको मस्यौदा तयार गरिँदै

काठमाडौं। नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि दुवै देश सम्मिलित कम्पनी स्थापना गर्न

पाँचथरको फालेलुङमा आयोजित चौंरी महोत्सव(फोटोफिचर)

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५०

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक