लरेन्स विश्नोईको नाममा व्यापारीसँग पाँच करोड भारु फिरौती माग्ने सुर्खेतका रामबहादुर बुढा क्षेत्री पक्राउ



काठमाडौं । भारतीय गुण्डा नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिंदै फिरौती माग गरेको आरोपमा एक नेपालीलाई पक्राउ गरेको छ ।

बाँकेको कोहलपुरका एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारु मागेको आरोपमा प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–७, काठेपारी घर भई बाँकेको कोहलपुर नगरपालिका–५ बस्ने ४९ वर्षीय रामबहादुर बुढा क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार क्षेत्रीले विभिन्न विदेशी नम्बरको ह्वाट्सएप खोलेर त्यसको दुरूपयोग गर्दै विभिन्न व्यवसायीहरूलाई रकम माग्दै धम्क्याउने गरेका थिए । क्षेत्रीले आफूलाई लरेन्स बिस्नोई र अनमोल बिस्नोई भन्दै विभिन्न व्यवसायीहरूलाई म्यासेज पठाई ठूलो रकम माग्दै धम्क्याउने गरेको खुलेको छ। व्यवसायीको गुनासोका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।

लरेन्स बिस्नोई एक भारतीय गुण्डा नाइके हुन् । उनी फिरौती माग्ने तथा हत्या आरोपमा सन् २०१४ देखि भारतीय जेलमा छन् । पक्राउ परेका क्षेत्री पटकपटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट

कोरला नाकाको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न समस्या

मुस्ताङ। कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ

वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि धान लगाउने खेतमा माछापालन

नवलपरासी  ।वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक