सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु



सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए ।

यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लगेका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी

यातायात व्यवसायीसँग छलफल गर्न सरकारले बनायो आठ सदस्यीय समिति

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ

उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

काठमाडौँ । व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज

सरकार र यातायात व्यवसायी वार्तामा

काठमाडौं । सरकार आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश