आवासीय चिकित्सकलाई सरकारले तोकेको भत्ता दिन श्रोत सुनिश्चित हुनुपर्छः अध्यक्ष कार्की



काठमाडौं । निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका छन् ।

निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ २५ मा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारको आठौँ तहको मेडिकल अधिकृतसरह निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

आयोगको निर्णयअनुसार चिकित्सा शिक्षा स्नातकोत्तर तहका एमडी, एमएस, एमडीएस पढ्ने प्रत्येक आवासीय चिकित्सकले मासिक ४८ हजार ७ सय ३७ रुपैयाँ पाउनुपर्छ । तर निजी मेडिकलेजले यो भत्ता उपलब्ध गराउन नसक्ने बताएका छन् । अध्यक्ष कार्कीले सरकारले हतारमा यो निर्णय गरेकाले पुनर्विचार गर्नूपर्ने बताउँछन् ।

उनले आफूहरुसँग सल्लाह नगरी यो निर्णय भएको बताए । आफूहरुको मानमर्दन गरेको र धरासायी बनाउने उद्देश्यले यो निर्णय भएको उनको भनाई छ । उनले सरकारले तोकेको भत्ता दिन श्रोत सुनिश्चित गर्नुपर्ने बताउँछन् । सरकारले अनुदान दिएर निःशुल्क पढाएको विद्यार्थी र निजीमा पढ्ने विद्यार्थीको तुलना गर्न नमिल्ने उनको भनाई छ ।

उनले भने, ‘चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकमा यस विषयमा थप निर्णय हुन बाँकी छ । हामी बैठक कुरिरहेका छौँ। बैठकले निर्वाह भत्ता बढाउने निर्णय गरे हामी अदालत जान्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट

कोरला नाकाको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न समस्या

मुस्ताङ। कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ

वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि धान लगाउने खेतमा माछापालन

नवलपरासी  ।वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक