नयाँदिल्लीपछि काठमाडौं बन्यो उच्च वायु प्रदूषणको दोस्रो सहर



काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । मंगलबार प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं बुधबार दोस्रो स्थानमा ओर्लिएको हो ।

बुधबार भारतको राजधानी नयाँदिल्ली पहिलो स्थानमा छ। ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ।

प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ । तेस्रो स्थानमा पाकिस्थानको लाहोर छ। त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।

लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी गन्तव्यमा पुग्न सकेका छैनौं

काठमाडौँ । सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा पनि यसका राम्रा

डाइनामिक कूटनीति, राष्ट्रिय सहमति र दृढ इच्छाशक्ति हुने हो भने २० वर्षमा बन्छ देश

-नारायण गाउँले सन् २०१० अर्थात् १५ वर्षअघिसम्म पनि जापान अमेरिकापछि विश्वकै ठूलो अर्थतन्त्र

मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट

कोरला नाकाको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न समस्या

मुस्ताङ। कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ