मार्चमा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल भित्रिए



काठमाडौँ । सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।

मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।

श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

हामी सत्तामा छौँ, तर सरकारमा छैनौँः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका

मिल्दैन पूर्वराजालाई संसदीय समितिमा बोलाउन

टीकाराम भट्टराई । शुक्रबारको संसदीय समितीमा चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय बितण्डाकाबारेमा

बौद्धमा बत्ती बालेर तामाङ समुदायद्वारा बालाजुमा स्नान

काठमाडौं । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका