विशेष अदालतमा प्रतिवादीका पक्षमा बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षीले प्रतिवादीलाई सहयोग पुग्ने गरी बयान दिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले विशेष अदालतमा संखुवासभाको पाँचखपन नगरपालिका–६ का भोजराज भट्टराईविरूद्ध मुद्दा दायर गरेको हो । धनेश्वर प्रसाईंले घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी भएका थिए ।

उनले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष प्रसाईंविरूद्ध बयान दिएकोमा विशेष अदालतमा बकपत्र गर्दा भने त्यसको प्रतिकूल हुनेगरी बयान गरेकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध पनि प्रसाईं प्रतिवादी रहेकै मुद्दाकै बिगो तीन लाख रुपैयाँ कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

हामी सत्तामा छौँ, तर सरकारमा छैनौँः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका

मिल्दैन पूर्वराजालाई संसदीय समितिमा बोलाउन

टीकाराम भट्टराई । शुक्रबारको संसदीय समितीमा चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय बितण्डाकाबारेमा