मकवानपुरमा खोलामा डुबेर तीन बालकको मृत्यु



बागमती । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलमा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए । मृतक घोरासैनी दुवै दाजु भाइ हुन् भने आचार्य मामाका छोरा हुन् ।

सिस्नेरी बजार पछाडि रहेको खोलामा नुहाउन गएका तीनै जना पौडी खेल्ने क्रममा डुबेका थिए । तीनै जनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । मृतक बालकको शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको तिनकुने घटनामा संलग्न भएको आरोपमा थप दुईजना पक्राउ

काठमाडौं । काठमाडौँको तिनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले

मौरीले टोकेर पाल्पामा एक जनाको मृत्यु

तानसेन । पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–२ गोफेका

सरकारले बुधबार म्यानमाका भूकम्पपीडितलाई राहत सामग्री पठाउँदै

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको

विद्युतीय सुरक्षा दिवसका अवसरमा थाहा नगरपालिकामा प्रभातफेरी

हेटौंडा । विद्युतीय सुरक्षा दिवसका अवसरमा मंगलबार मकवानपुरको थाहा नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको