तिनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा उनले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए ।

प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे । उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको बताए ।

भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय सुरक्षा दिवसका अवसरमा थाहा नगरपालिकामा प्रभातफेरी

हेटौंडा । विद्युतीय सुरक्षा दिवसका अवसरमा मंगलबार मकवानपुरको थाहा नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको

एक व्यक्तिको गोली प्रहार गरी हत्यापश्चात साधुको भेसमा लुकिछिपी बसेका अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं । एक व्यक्तिको हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको

हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा फेला

सुर्खेत । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले हिउँचितुवाको

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ