पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन



काठमाडौं । पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

राप्रपाले सोमबार माइतीघरमण्डलामा प्रदर्शन गरेको हो । राप्रपा र निकटका भातृ संगठनले नेताहरूलाई पक्राउ गरी झूठो मुद्दा लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्नुपर्ने माग राखेका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलाप गर्न उक्साएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेताकार्यकर्ता पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिश्र र राणासहित २० जनालाई थप १५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष

सरकार खोज्दै दिउँसै टर्च बालेर शिक्षकहरुको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं प्रदर्शन गर्दैआएका शिक्षकहरूले

रावणको शासन चल्दा मुलुकको अवस्था यस्तो भयोः लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकका शासकको अहंकार बढेको

स्वास्थ्य संस्थाको कमीले स्वास्थ्य पहुँचमा कठिनाइः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा मंगलबार आयोजित