एकीकृत समाजवादीको कार्यालय पुगेर प्रधानमन्त्रीले दिए वरिष्ठ पत्रकार कोइरालालाई श्रद्धाञ्जली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओली सोमबार आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य रहेका कोइरालाको आइतबार राति ८७ वर्षको उमेरमा राति निधन भएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पत्रकार, लेखक तथा कूटनीतिज्ञसमेत रहेका कोइरालाको पक्षघात भएपछि उपचारका क्रममा अस्पताल निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय सुरक्षा दिवसका अवसरमा थाहा नगरपालिकामा प्रभातफेरी

हेटौंडा । विद्युतीय सुरक्षा दिवसका अवसरमा मंगलबार मकवानपुरको थाहा नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको

एक व्यक्तिको गोली प्रहार गरी हत्यापश्चात साधुको भेसमा लुकिछिपी बसेका अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं । एक व्यक्तिको हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको

हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा फेला

सुर्खेत । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले हिउँचितुवाको

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ