रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शुक्रबार काठमाडौंको तिनकुनेमा भएके घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको हो ।

उनीहरू शुक्रबार राति पक्राउ परेका थिए । प्रहरीले उनीहरूमाथि राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौरीले टोकेर पाल्पामा एक जनाको मृत्यु

तानसेन । पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–२ गोफेका

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रुप दिँदै सरकार

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्स फोर्स–एफएटिएफ)को खैरो

सरकारले बुधबार म्यानमाका भूकम्पपीडितलाई राहत सामग्री पठाउँदै

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको

विद्युतीय सुरक्षा दिवसका अवसरमा थाहा नगरपालिकामा प्रभातफेरी

हेटौंडा । विद्युतीय सुरक्षा दिवसका अवसरमा मंगलबार मकवानपुरको थाहा नगरपालिकामा प्रभातफेरी आयोजना गरिएको