पत्रकार रजकको परिवारलाई सुन्दरमणि दीक्षितको एक लाख सहयोग



काठमाडौं ।  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई  एक लाख सहयोग उपलब्ध गराएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा. दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे ।

आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले सबै सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग माग समेत गरे ।

साथै उक्त घटनाका घाइतेको उपचार तथा मृत्युवरण गरेका व्यक्तिलाई राहत रकम उपलब्ध गराउन डा. दीक्षितले सरकारसँग आग्रह गरे । सरकार सबैको अविभावक भएकाले त्यो भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाको प्रदर्शनले काठमाडौंका यी क्षेत्रमा हुँदै सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दै छ ।

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै

जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परी सिरहामा बालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा