रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएका छन् । सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सहकारी ठगीको मुद्दामा तारिख बोकिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।

शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन । चारवटै जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परी सिरहामा बालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

पाल्पामा डढेलोले सात सय ११ हेक्टर वन क्षेत्र नष्ट

पाल्पा । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न