विदेशबाट फर्काइएका २१ वटा मूर्ति पाटन र राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर मूर्तिहरु संसारको जुनसुकै कुनामा पुगेको भएपनि फिर्ता ल्याएरै छोड्ने वचनवद्धता व्यक्त गरेका छन् ।

आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्वका मूर्तिहरु नेपाल फर्काएर पाटन संग्रहालय र राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘हाम्रा सम्पदाहरु संसारको कुनै पनि कुनामा पुगोस्,नेपालीहरुले हाम्रा आफ्ना सम्पदाहरु चिन्छन् । त्यसको महत्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरुले योग्यता राख्दछन् । नेपालको सम्बन्ध विश्वव्यापी भएको छ । चोरीका मुर्तिहरु नेपाल फर्काएँछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौं ।’

उनले विगतमा नेपालका महत्वपूर्ण पुरातात्विक मूर्तिहरु कसरी विदेश पुगे भन्दै प्रश्न गरे । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्तिहरु प्रतिस्थापन गरिने बताए ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्रालय मातहतमा रहेको पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मूर्तिहरु, नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रियालगायत देशहरुबाट थप अरु मूर्तिहरु फिर्ताका लागि कुटनीतिक पहल भइरहेको मन्त्रालयले बताएको छ । हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका प्रातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाको प्रदर्शनले काठमाडौंका यी क्षेत्रमा हुँदै सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दै छ ।

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

फुङ्लिङ (ताप्लेजुङ) । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै

जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परी सिरहामा बालिकाको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा

आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा