काँकडभिट्टा नाकाबाट आठ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात



भद्रपुर । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ ।

गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको जानकारी दिए ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीका राहुल साहको काठमाडौंमा हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६

सुनको मूल्य तोलाको एक लाख ७७ हजार नौ सय

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत

ईद मनाउँदै मुस्लिम धर्मावलम्बी(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।

हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !

-नारायण गाउँले । हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले