झापामा सशस्त्र प्रहरीद्वारा एक करोड रुपैयाँ बराबरको कपडा र मोटरपार्टस् बरामद



झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो करिब एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब एक करोड रुपैयाँ बराबरको कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।

विषेश सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर

सर्लाहीका राहुल साहको काठमाडौंमा हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६

ईद मनाउँदै मुस्लिम धर्मावलम्बी(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।

हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !

-नारायण गाउँले । हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले