कुलमानमाथि गरिएको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन माओवादीको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण भएको बताएको छ ।

मंगलबार पार्टी उपाध्यक्ष अग्नि सापकोटाले विज्ञप्ति जारी गरी बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि मओवादीले बताएको छ । उसले भनेको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ । आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शंकर पोखरेलको प्रश्नः दुर्गा प्रसाईंसामु किन निरीह देखियो राप्रपा ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्मल निवासको ‘थ्रेट’का सामु राप्रपा निरही

किन चाहियो अब राजा ?

-जेपी गुप्ता । ज्ञानेन्द्र शाहजीले पढ्न नसकेको महात्मा गान्धीको एक उद्धरण छ ।

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

दमौली । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ

तनहुँमा नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त

डुम्रे । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य