तीन महिनापछि भोजपुरमा उडान सुरु



भोजपुर ।  बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।

विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् ।

उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए। निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ब्लुक्रस हस्पिटलका संरक्षक डा. खगेन्द्र बहादुर श्रेष्ठको निधन

काठमाडौं । ब्लुक्रस हस्पिटलका संरक्षक डा. खगेन्द्र बहादुर श्रेष्ठको बिहीबार बिहान निधन भएको

हत्या आरोपमा ललितपुरमा एकजना पक्राउ

काठमाडौँ । ललितपुरमा एक युवकको हत्या भएको छ । ललितपुरको इमाडोलस्थित ओचुहाइटमा रामेछापका

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१

गाउँगाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित

इलाम । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको