‘एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने त्यसपछि हेरौँला तिमीहरुको के के तन्त्र हो!’



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले अबको एक हप्ता भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौँला तिमीहरुको के के तन्त्र हो!!’

सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारीले तलब पाएका छैनन् । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गत पुस ५ गते काठमाडौं टावरको नक्सा स्वीकृतिमा अनियमितता गरेको भन्दै बिदामा पठाइएको थियो । त्यसपछि सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा शनिबार

तिनकुने घटनामा संलग्न भएको आरोपमा एकसय ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँको तिनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा

आईजीपी थापाको निर्देशनः शान्ति सुव्यवस्था कायम राख्न निर्मम हुनु

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्न र नागरिकको

चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा

काठमाडौँ । घोडे जात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा