राजावादीको चलखेलकाबारेमा राष्ट्रपति पौडेल र प्रचण्डबीच छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । पछिल्लो समय पूर्वराजाको समर्थनमा नारा जुलुस प्रदर्शन बढेपछि दलहरु सशंकित देखिएका छन् ।

प्रचण्डले त पूर्वराजालाई पक्राउ गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिन चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ भने एमालेले पनि देशभर गणतन्त्रका पक्षमा कार्यक्रम गर्ने तय गरेको छ ।

यता पूर्वराजा ज्ञानेन्द्र शाह भने मठ मन्दिरमा दर्शनमा व्यस्त देखिएका छन् । प्रचण्ड र राष्ट्रपति पौडेलबीच पनि यही विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।

राष्ट्रपति पौडेल पनि राजावादीको चलखेलप्रति असन्तुष्ट देखिएका छन् । सोमबार सोलुखुम्बु पुगेका राष्ट्रपति पौडेलले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको उल्लेख गर्दै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीका राहुल साहको काठमाडौंमा हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६

ईद मनाउँदै मुस्लिम धर्मावलम्बी(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् ।

हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !

-नारायण गाउँले । हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले