गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर प्राधिकरणका सहायक प्रवन्धक पक्राउ



काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट आइतबार उप्रेतीलाई पक्राउ गरेको हो ।

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उप्रेतीमाथि अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो । उप्रेतीलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

काठमाडौं । गत शुक्रबार काठमाडौंका कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ

पत्रकार रजकको परिवारलाई सुन्दरमणि दीक्षितको एक लाख सहयोग

काठमाडौं ।  नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार

रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएका छन् ।

राजावादीहरुको आन्दोलनका कमाण्डर फेरिए, नवराजको ठाउँमा जगमान गुरुङ

काठमाडौं । ‘राजतन्त्र पुनस्र्थानाका लागि संयुक्त जनआन्दोलन समिति’ को संयोजकमा जगमान गुरुङ तोकिएका