आज विश्व मौसम विज्ञान दिवस मनाइँदै



काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा सचेतनामूलक कार्यक्रम गरिँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजाले राजतन्त्र फर्किने आश नगर्दा हुन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब राजतन्त्र पुनःस्थापित हुने सम्भावना नरहेको

नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौं । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा

संसद बैठक बस्दै नबसी शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसे स्थगित गरिएको छ । बिहीबार बिहान ११

समाजवादी मोर्चा र राजतन्त्र समर्थकको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल