२५ हजार घुससहित पोखरा महानगरका कर्मचारी पक्राउ



गण्डकी । पोखरा महानगरपालिकाका शाखा अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो महानगरकै कार्यालय नजिकैबाट पक्राउ परेका हुन् ।

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।

अख्तियारले सोधेका स्पष्टीकरणको महानगरपालिकाका तर्फबाट जवाफ पठाउने जिम्मेवारीमा रहेका गिरीले महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी घुस मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा

समाजवादी मोर्चाले कार्यक्रम राखेका कारण ठूलो दुर्घटना हुन पाएनः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार

प्रहरीले गरायो धवलशम्सेरलाई पक्राउ गरिएको संसद सचिवालयलाई जानकारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी

सात लाख ९३ हजार जरिवाना तिर्न पूर्वराजालाई महानगरले पठायो पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र पठाएको छ । शुक्रबार