चुच्चे नक्सामा समेटिएको क्षेत्रको भ्रमणमा जाने योजना छ ? भन्ने प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा जाने योजना नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा जाने योजना नरहेको बताएका हुन् ।

बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीलाई चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा कहिले जाने भन्दै प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘तत्काल त्यहाँ जाने योजना छैन, कुनै समयमा जान सकिन्छ । माननीयज्यूको जाने योजना छ ?’

इपीजी प्रतिवेदन नेपालले मात्रै बुझेर नहुने बताए । उनले भने, ‘पहिले नै पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने अनि मात्र नेपालले बुझ्ने समझदारी भएको रहेछ । त्यसैले एक पक्षले मात्र बुझेर हुँदैन । दुई देशको मित्रतमा कहीँ कतै प्रतिकुल असर र अन्याय नहुने गरी सबै समस्याका दीगो समाधानका लागि इपीजी गठन गरिएको हो । यो प्रतिवेदन बुझ्ने सन्दर्भमा उच्चस्तरमा पहल भइरहेको छ । यो समझदारी ढंगले समाधान हुन्छ भन्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित मात्र भयोः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर

ढल्केबर–बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत्

एक महिनामा आगलागीका घटनामा परी ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट शुक्रबार विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन्