प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

मन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ लाख रुपैयाँ बराबरको सुनसहित रसुवागढी नाकाबाट एकजना पक्राउ

  रसुवा । अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा बिहीबार

२५ हजार घुससहित पोखरा महानगरका कर्मचारी पक्राउ

गण्डकी । पोखरा महानगरपालिकाका शाखा अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्

तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु

राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा संविधान प्रदत्त जिम्मेवारी पूरा गर्छौंः प्रधानसेनापति सिग्देल

  धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता,