अमेरिकी कानुन र आप्रवासन नियमको पालना नगरे भिसा रद्द गर्ने अमेरिकी दूतावासको चेतावनी
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दुरुपयोग गरे देशबाट निष्कासन गर्ने बताएको छ । बुधबार दूतावासले सामाजिक संजालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाट निष्कासन गर्ने जानकारी दिएको हो ।
दूतावासले अमेरिकाले भिसा जारी गरिसकेपछि पनि नियमित जाँच गर्ने गरेको बताएको छ ।
दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’