गृह मन्त्रालयद्वारा सात जिल्लाका सिडिओको हेरफेर
काठमाडौं । गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार १३ जना कर्मचारीको सरूवा तथा पदस्थापन गरेको हो। जसमध्ये सात जना प्रमुख जिल्ला अधिकारी रहेका छन् ।
सहसचिव दिलकुमार तामाङ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख भएका छन् । त्यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरूवा भएको छ । जगदिश्वर उपाध्यायको सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पदस्थापन भएको छ ।
भविश्वर पाण्डे नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भएका छन् । बागलुङमा कुमान सिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुईटेल र अछाममा आनन्द सारूको पदस्थापन भएको हो ।