को हुन् २५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा ?



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ ।

राष्ट्र बैंकले मंगलबार लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त मूल्य बराबरको विदेशी मुद्रा बरामद गरेको हो । ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा कार्यालयबाट खटिइएको टोलीले सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो ।

ना ७ ख १६५१ नंको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाई लुकाई छिपाई ल्याएको अवस्थामा सवारी चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेको कार्यालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

बरामद गरिएका विदेशी मुद्रासहित निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जाजरकोटमा बाख्रा चराउन गएका खडक डाँगीको भीरबाट लडेर मृत्यु

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा

शक्तिको भरमा राजसंस्थाको मुद्दा उपर प्रतिक्रियात्मक हुन खोजेमा द्वन्द्व बढ्न सक्छ

डा. सूर्यराज आचार्य । संवैधानिक वा आलंकारिक नै भएपनि उच्च राजकीय पदमा वंशका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक

आठ दिनका लागि अन्तरिक्षमा गएका सुनीता र बुच यसरी फर्किए नौ महिनापछि पृथ्वीमा(भिडियोसहित)

बीबीसी । अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई