धनुषाको सबैलामा झडप नियन्त्रणमा लिन प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच सोमबार पनि झडप भएको छ ।
दूई पक्षबीचको झडप ले उग्ररुप लिन थालेपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
गोली लागेर घाइते भएको पहिचान अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउने परेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउन ल्याइएको छ । भठिहनस्थित चोकमा एक पक्षले यादव चोक लेखिएको बोर्ड राखेको र अर्को पक्षले सो बोर्ड उखालेपछि तनाव उत्पन्न भएको थियो ।