दुई करोड ७५ लाख बराबरको सामानसहित स्वयम्भूबाट तीन जना पक्राउ



काठमाडौँ । प्रहरीले दुई करोड ७५ लाख ११ हजार चार सय ९८ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

उनले भने, “यही चैत १ गतेराति काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।”

बरामद गरिएको उक्त सामानसहित निजहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रवक्ता बोहराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषाको सबैलामा झडप नियन्त्रणमा लिन प्रहरीद्वारा गोली प्रहार, एकजना घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच सोमबार पनि

अब संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैनः सांसद सिटौला

काठमाडौँ । नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न

हिमतालको संरक्षण गर्न आगामी दिनमा सरकारले बजेटको व्यवस्था गर्ने

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई

सौर्य एयरको जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि किन भएन प्रतिवेदन तयार ?

काठमाडौं ।  सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन्